बैसाख २६, २०८३ शनिबार May 9, 2026

सस्तो फाइभजी आईफोन एसई प्लस सार्वजनिक गर्दै एप्पल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले फाइभजी स्मार्टफोनको रुपमा आईफोन एसई प्लस चाँडै सार्वजनिक गर्ने भएको छ । एसई कम्पनीको सस्तो स्मार्टफोन सिरिज हो ।

सोही सिरिज अन्तर्गत कम्पनीले फाइभजी स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको हो । हाल प्राप्त जानकारी अनुसार कम्पनीले सस्तो फाइभजी फोन आउँदो अप्रिलमा सार्वजनिक गर्नेछ ।

जसको बजार मूल्य करिब ५८ हजार रुपैयाँको हाराहारीमा पर्नसक्ने आँकलन गरिएको छ । हाल बजारमा उपलब्ध आईफोन एसई २०२० को मूल्य अन्तर्राष्ट्रिय बजारमा ४७ हजारको हाराहारीमा रहेको छ ।

यस हिसाबले हेर्ने हो भने नयाँ आईफोन एसई प्लसको मूल्य त्यसभन्दा ११ हजार रुपैयाँ बढी हुनेछ ।उपलब्ध जानकारी अनुसार आईफोन एसई प्लसमा ६.१ इन्चको आईपीएस डिस्प्ले रहने छ ।

साथै फोनमा होम बटन उपलब्ध हुने छैन । फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा रहने छ । सेल्फीका लागि भने७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने अनुमान गरिएको छ । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार