श्रावण १३, २०८३ बुधबार July 29, 2026

‘द लभ वि वान्ट’ उपन्यास विमोचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को पोखरामा विमोचन गरिएको छ । साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखे लगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको जनाउँदै एउटा पे्रमिल साहित्यको अध्यायको शुरुआत भएको बताउनुभयो । रेडियो अन्नपूर्ण ९३.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले उपन्यास किशोर वयका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक विनोद लामिछानेलगायतले कृति र कृतिकारको चर्चा गर्नुभयो । शनिबार आयोजित कार्यक्रममा उपन्यासकार पालिखेले उपन्यासमा किशोरकिशोरी उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई समेट्ने प्रयास गरिएको बताउनुभयो ।

विद्यालयदेखि नै आफ्नो लेखनप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले उपन्यासको रचना गरेको अनुभव सुनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार