बैसाख २६, २०८३ शनिबार May 9, 2026

ह्वाट्सएप, सिग्नल वा टेलिग्रामलाई थप सुरक्षित बनाउन सेक्युरिटी सेटिङमा निम्न परिवर्तनहरु गर्नुहोस् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ह्वाट्सएपको गोपनीयता नीति अद्यावधिक भएदेखि अधिकांश प्रयोगकर्ताहरु टेलिग्राम र सिग्नलतिर स्थानान्तरण भएका छन् । तर टेलिग्राम र सिग्नल यी दुवै पनि शतप्रतिशत विश्वासनीय भने छैनन् । यदि तपाईं आफ्नो गोपनीयतालाई सुरक्षित राख्न चाहनुहुन्छ भने केही सेक्युरिटी सेटिङमा परिवर्तन गर्नुहोस् ।

ह्वाट्सएप

ह्वाट्सएप इण्ड टु इण्ड इन्क्रिप्सन म्यासेजिङ सर्भिस हो । प्रयोगकर्ताले आदानप्रदान गरेको म्यासेज त कम्पनीका कसैले देख्न सक्दैनन् ।

तर यसले तपाईंको मेटाडेटामा एक्सेस भने पाउन सक्छ । उदाहरणका लागि डिभाइसको जानकारी, कन्ट्याक्ट, आईपी एड्रेस, लोकेसन आदि ।

ह्वाट्सएपलाई थप सुरक्षित बनाउन सेक्युरिटी सेटिङमा निम्न परिवर्तनहरु गर्नुहोस्;

१. प्राप्त भएका मेलिसियस सामग्रीलाई नहेर्नुहोस् । जस्तै अज्ञात लिङ्क तथा अट्याचमेन्ट ।

२. ह्वाट्सएपबाट प्राप्त हुने तस्वीरलाई फोनको ग्यालरीमा अटोमेटिक सेभ हुने अप्सन डिसेबल गरदिनुहोस् ।

३. तपाईंको अकाउन्टमा एक्सेस गर्न नदिन टु स्टेप भेरिफिकेसनका लागि पीन नम्बरको प्रयोग गर्नुहोस् ।

४. ब्याकअप टर्न अफ गरिदिनुहोस् । यदि तपाईंले आफ्नो च्याट हिस्ट्रीलाई एप्पल वा गुगल क्लाउडमा ब्याअप राख्नुहुन्छ भने त्यो असुरक्षित हुन्छ । किनभने त्यहाँ इण्ड टु इण्ड इन्क्रिप्सनको सुविधा हुँदैन ।

टेलिग्राम 

टेलिग्राम अकाउन्ट साइनअप गर्दा तपाईंले प्राप्त गर्ने ओटीपी कोड अरु कसैको हातमा पर्‍यो भने तपाईंको अकाउन्ट पनि हाईज्याक हुन सक्छ ।

१. टु फ्याक्टर अथेन्टिकेसनलाई एक्टिभेट गर्नुहोस् । यसका लागि सेटिङमा गएर प्राइभेसी एण्ड सेक्युरिटी सेक्सनमा गएर पासवर्ड राख्नुहोस् ।

२. आफ्नो प्राइभेसी सेटिङलाई परिवर्तन गरिदिनुहोस् । आफ्नो कन्ट्याक्टमा भएका व्यक्तिले मात्र आफूसँग जोडिन पाउने गरी गोपनीयता (प्राइभेसी) सेक्सनलाई मिलाउनुहोस् ।

साथै कसले तपाईंको प्रोफाइल हेर्नसक्छ, तपाईंको स्टाटस अनलाइन छ वा अफलाइन कसले देख्न सक्छ वा तपाईंलाई ग्रुपमा कसले जोड्न सक्छ, यी सबै कुराहरु तपाईंले निर्धारण गर्न सक्नुहुन्छ ।

३. लक कोडको प्रयोग गर्नुहोस् । यदि तपाईंको डिभाइससँग अन्य कुनै व्यक्तिको पहुँच छ भने यसले तपाईंको च्याटलाई सुरक्षित राख्दछ ।

४. आफ्नो अकाउन्टमा एक्टिभ सेसनको समय समयमा रिभ्यू गर्नुहोस् । अन्य कुनै डिभाइसबाट कुनै व्यक्तिले तपाईंको अकाउन्टमा एक्सेस गरेको छ वा छैन थाहा पाउन सक्नुहुन्छ ।

५. गोप्य च्याट तथा इण्ड टु इण्ड इन्क्रिप्सनको फिचर ग्रुप च्याटमा काम गर्न सक्दैन । यदि तपाईं सेक्रेट च्याट चाहनुहुन्छ भने च्याटबक्समा गएर त्यहाँ माथि रहेको थ्री डट तीन थोप्ला भएको (एन्ड्रोइड) वा मोर (आईओएस) मा क्लिक गरी सेक्रेट च्याट सुरु गर्नुहोस् ।

६. सेल्फ डिस्ट्रक्सन एक्टिभेट गर्नुहोस् । यसो गर्दा कुनै पनि म्यासेज हेरेको केही मिनेटमै स्वतः हराउनेछन् ।

सिग्नल 

सिग्नलमा पनि फाइदा र सीमितता टेलिग्रामको जस्तै छ । एलन मस्क आफैंले यो एप प्रयोग गर्न सुझाव दिए पनि यो पनि खतरा मुक्त भने छैन ।

१. रजिस्ट्री लकलाई एक्टिभेट गरिदिनुहोस् । यसो गर्दा तपाईंको अकाउन्ट हाईज्याक वा चोरी भयो भने तपाईंको कन्भर्सेसन हिस्ट्रीलाई कसैले एक्सेस गर्न सक्दैन ।

२. बायोमेट्रिक सुरक्षा वा पासकोड प्रयोग गरी स्क्रिन लक गर्नुहोस् ।

३. मेन स्क्रिनमा म्यासेजलाई देखा पर्न नदिन प्रिभ्यूलाई टर्नअफ गरिदिनुहोस् ।

४. एपभन्दा बाहिर स्क्रिनसटलाई डिसेबल गरिदिनुहोस् ।

५. यसलाई आफ्नो डिफल्ट एसएमएस म्यासेजिङ एप बनाउनुहोस् । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार