जेठ १८, २०८० बिहिबार June 1, 2023

नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ ।

काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिएका छन ।

दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएका थिए । त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उप्रेतीले बताएका छन ।

उनका अनुसार, चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उनको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

परिवारका सदस्यका अनुसार सुवेदीमा यसअघि मुटुको समस्या देखिएको थिएन, बरू तीन महिनाअघि पत्थरीको अप्रेसन गरिएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहान नर्भिक अस्पताल पुगेर सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

विप्लव समूहमा आबद्ध छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न उनी दाङ जाँदै थिए । प्रहरीले केही दिनअघि दाङमा चलाएको अप्रेसनका क्रममा सन्तोष पक्राउ परेका छन् ।

नेकपा नेता झक्कु सुवेदी रोल्पाका हुन् । जनयुद्धमा प्रत्यक्ष सहभागी सुवेदी संविधानसभाको पहिलो निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई परास्त गरेर चर्चामा आएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी कांग्रेस नेता भीमसेनदास प्रधानसँग पराजित भएका थिए । उनी हाल नेकपाको केन्द्रीय सम्पर्क मञ्चका सह–संयोजक छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार