बैसाख २६, २०८३ शनिबार May 9, 2026

टेलिकमले ल्यायो फोरजीमा चल्ने वाईफाई, प्रति जीबी ११ रुपैयाँसम्ममा चलाउन मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा मुलुकभरका लागि ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए । कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ ।

हाल यो सेवा प्रति महिना नौ सय रुपैयाङ्गँ ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९,६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उपलब्ध छ । यसमा १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाकव शुल्क ११.११ रुपैयाँमात्र पर्न आउँछ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार