श्रावण १२, २०८३ मंगलबार July 28, 2026

सुमन वैरागीको ‘गालैको कोठी’ बजारमा (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुमन वैरागी पछिल्लो समय गीति लेखनको क्षेत्रमा स्थापित नाम हो । गीति लेखनमा दुई दशकको यात्रा गरिसकेका गीतकार सुमन वैरागीले लेखेका गीतहरू बजारमा चर्चाको शिखरमा रहेका छन् ।

यसैक्रममा उनको नयाँ गीति एल्बम ‘गालैको कोठी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका रुचि घिमिरे तथा  संगीतकार भीम बिसीको संगीत रहेको उक्त एल्बम बिहीबार रिलिज गरेका हो । नृत्यप्रधान रहेको उक्त एल्बममा पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोलाई जीबी आग्रीले निर्देशन गरेका छन् । भिडियोमा अन्जु विश्वकर्मा, सन्तोष मगराती, रोबर्टसिंह बडैलाको अभिनय रहेको छ । यस भिडियोको सम्पादन सिलन लम्सालले गरेका छन् ।

गीतकार सुमन बैरागीको गत महिना मात्र नयाँ लोकपप गीत ‘मनको ताराले’ बजारमा आएको थियो । यस वर्ष मात्रै गीतकार वैरागीको चारवटा गीत बजारमा आइसकेको छ । वैशाखदेखि अहिलेसम्म गीतकार वैरागीले हाम्रो धर्ती, कोरोनाको डर छ, मनको ताराले र गालैको कोठीमा जस्ता गीतहरू बजारमा ल्याइसकेका छन् ।

सबै प्रकारका गीत ल्याउँदै आएका सुमनले अहिले दर्शकको चाहनाअनुसार नृत्यप्रधान गीत ल्याएको उनको दाबी छ । उनका लोकप्रिय गीतहरूमा सलल बगेको पानी, राइफलको सिरानी, परदेशको पीडा, नजलाइदेऊ मुटु, तिम्ले सधैं पीडा दियौ लगायतका दर्जनौं, लोक, पप र आधुनिक गीतहरू रहेका छन् ।
भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार