असोज १६, २०८० मंगलबार October 3, 2023

मेक्सिकोमा लागूपदार्थ तस्करको आक्रमण, ९ अमेरिकी नागरिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मेक्सिकोमा भएको एक आक्रमणमा ९ अमेरिकी नागरिकको मृत्यु भएको छ।

मेक्सिकोका लागूपदार्थ तस्करले कारमा आक्रमण गर्दा ६ बालबालिका सहित ९ अमेरिकी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

मृत्यु हुनेमा ६ जना बालबालिका र तीन महिला रहेको जनाइएको छ। मृत्यु हुने दुई जनाको उमेर एक वर्षभन्दा पनि कम रहेको छ।

कारमा यात्रा गरिरहेका अमेरिकीमाथि बम आक्रमण भएको थियो। आक्रमणमा परेको मानिसहरु एकै परिवारका थिए।

मेक्सिकोका सुरक्षा मन्त्रीका अनुसार आक्रमणकारीले गल्तीले उनीहरुमाथि आक्रमण गरेका हुन सक्छन्।

उत्तरी मेक्सिकोको सिनोरा राज्यमा दुई लागूपदार्थ तस्करबीच विवाद छ। उनीहरु बीच समय समयमा झडप भइरहन्छ। एक समूहले कारमा यात्रा गरिरहेका अमेरिकी नागरिकलाई अर्को समूह सम्झिएकाले यस घटना भएको आशंका गरिएको छ।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्,‘मेक्सिकोले अमेरिकाको मद्दतमा लागूपदार्थ तस्करविरुद्ध कारवाही गर्नुपर्छ। उनीहरुको नामानिशान मेट्नुपर्छ। हामी मेक्सिकोका राष्ट्रपतिको फोनको पर्खाइमा छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार