असार २५, २०८२ बुधबार July 9, 2025

समाचारका गुण, मिडियाका तर्क र शीर्षक – डा. कुन्दन अर्याल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विभिन्न आमसञ्चार माध्यम (मिडिया) हरूमा दिनहुँ आउने शीर्षकभन्दा पर पनि समाचारहरू छन् । प्रत्येक क्षण संसारका विभिन्न भूभागका गतिविधि वा घटनाक्रममध्येबाट केही सीमित शीर्षक मिडियामा आउने गर्छन् । समाज समाचारको विशाल खानी हो । तर मिडियाको पनि बाध्यता हुन्छ, सीमित समय र स्थानमा सबैभन्दा महìवपूर्ण र सान्दर्भिक विषयलाई समेट्नुपर्ने हुन्छ । मिडियाका तर्कहरू अनेक छन् । विश्वभरका पत्रकारको वर्षौंको अभ्यास र पत्रकारिताका अध्येताहरूको अनुसन्धानात्मक निचोडले बताएको पनि यही हो– सबै घटना वा प्रवृत्तिमा समाचार बन्न सक्दैनन् । घटना वा विषयमा समाचार बन्न सक्ने गुण हुनुपर्छ । तर यो सैद्धान्तिक मान्यता पनि व्यवहारमा भने बेलाबेला नराम्रोसँग तोडमोड भएको देखिन्छ । त्यसैले आम रूपमा हेर्दा नेपाली मिडियाले समाजका कैयौँ विषयवस्तुलाई दिनुपर्ने जति स्थान र समय दिएको छ कि छैन भन्ने विषय विमर्शका लागि सान्दर्भिक छ ।

सय वर्षदेखि पत्रकारहरूका माझ एउटा शब्दावली प्रचलनमा छ, न्यूज भ्यालू अर्थात् कुनै विषय वा घटनाको समाचार बन्न सक्ने गुण । विद्यालय, विश्वविद्यालय वा प्रशिक्षणमा समाचारका विषयमा पढाइने प्रारम्भिक पाठमै पर्छ न्यूज भ्यालू । तर न्यूज भ्यालू खुट्टयाउने विषय पत्रकारिताकमा निर्विवाद छैन । यस विषयमा पत्रकारहरूलाई प्रभाव पार्ने आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरू पर्याप्त छन् । समाचारको गुण पहिचान गर्ने विषयलाई सहज रूपमा बताउन मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ पनि भनियो । कुनै पनि घटनाको नयाँ–नौलो पक्ष समाचार बन्छ भनियो । अस्वाभाविक र आकस्मिक घटना वा द्वन्द्वलार्ई प्राथमिकता दिनुपर्छ भन्ने तर्क पनि अघि सारियो । बीसौँ शताब्दीको सुरुवातका वर्षसम्म पनि मिडियाको विकासका दृष्टिले अग्रपङ्क्तिमै रहेका देशमा समेत खराब घटना वा खबर नै राम्रो समाचार बन्छ भन्ने धारणा व्याप्त थियो । समाचार बन्ने गुणका लागि नयाँ–नौलोका अतिरिक्त निकटता, मानव अभिरुचि अनि विशिष्ट र महìवपूर्णजस्ता गुणहरू पनि आवश्यक हुन्छ भनेर सूत्रबद्ध गरिएका छन् । कुनै बेला गति, कुनै बेला आकार र कुनै सन्दर्र्भमा निरन्तरता वा लगातारको प्रयत्नलाई पनि समाचार बन्न सक्ने गुणका रूपमा परिभाषित गरिएका छन् । तर व्यवहारमा आजसम्म पनि यो विषयमा त्यति सजिलै मतैक्य कायम हुने गरेको छैन । त्यसैले समाचारको परिभाषा बताउँदै जाँदा, अन्त्यमा जे सम्पादकको निधोबमोजिम प्रस्तुत गरिन्छ त्यही विषय समाचार हो भनेर विवाद टुङ्ग्याउने चलन पनि छ ।

विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजन वा अनलाइन न्यूज पोर्टलमा विभिन्न विषयले फरक–फरक ढङ्गमा महìव पाएको अर्थात् विभिन्न मिडियाले विविध विषयलाई समाचारका रूपमा प्रस्तुत गरेको देखिन्छ । त्यसैले सिद्धान्तमा समाचारलाई न्युज भ्यालुका आधारमा परिभाषित गर्न खोजिए पनि अभ्यासमा व्यापक विविधता देखिँदै आएको छ । समयक्रममा व्यक्तिको मर्यादा, मानवअधिकारलगायत व्यक्तिको अधिकारको वृत्त फराकिलो बन्दै जाने क्रममा न्युज भ्यालु पनि विस्तारित हुँदै गएको छ । विगतमा सामान्य ठहर्याइएका कतिपय सामाजिक व्यवहार, भेदभाव समयक्रममा दण्डनीय व्यवहारका रूपमा परिभाषित भएका छन् । अभिव्यक्ति र व्यवहारमा संवेदशीलता अपनाउनुपर्ने विषयहरू तय भएका छन् । आज घरेलु हिंसालगायत कतिपय सामाजिक कुरीतिलाई कानुनले प्रतिबन्धित गरेको छ । कानुनको पालना नहुनु अस्वाभाविक विषय हो । त्यसैले त्यस्ता अस्वाभाविक क्रियाकलाप न्युज भ्यालु हुन् ।

नेपालमा वि.सं. १९५८ मै ‘गोर्खापत्र’ को प्रकाशन गर्दा पण्डित नरदेव पाण्डेलाई दिइएको लिखित निर्देशनमा, ‘तपसीलबमोजिम उर्दि सवाल गरी बक्स्याको छ, सोबमोजिमको रीत पु¥याइ कामकाज गर’ भन्ने उल्लेख गरिएको थियो । उक्त लिखतमा समाचार के हो ? के होइन भन्ने विषयमा बताउन खोजिएको छ । उदाहरणका लागि उक्त लिखतको एउटा बुँदामा भनिएको थियो, दुनियाँलाई हुन्या इस्तीहार नटासिने कुरा र नयाँ जारी भयाको ऐनको कुरा, कलकत्ताको र याहाँको दर भाउ । नेपालको सन्दर्भमा न्युज भ्यालुलाई सूत्रबद्ध गर्न खोजिएको त्यो पहिलो प्रयास थियो । त्यसयता संसारमा नयाँ–नौलो वा अस्वाभाविक पक्षहरूलाई अन्य पक्षहरूसँग समेत दाँजेर समाचारको महìव आकलन गर्नुपर्छ भन्ने सोच विकसित भइसकेको छ । तर जति धेरै आमसञ्चार माध्यम भए पनि समाजको चेतनाअनुकूल समाचार के हो भन्ने निधो उस्तै–उस्तै ढङ्गले गरेको देखिन्छ ।

सामान्यतः समाचार उही–उही नै हुने भएकोले न्युज भ्यालुलाई पत्रकारहरूले करिब करिब एकै प्रकारले बुझेका हुन्छन् भन्न पनि सकिन्छ । तर न्युज भ्यालु वा कुन समाचारलाई प्राथमिकता दिने भन्ने विषय मिडिया र पत्रकारको सामाजिकीकरण, आइडियोलोजी (वैचारिक अवधारणा) र आर्थिक तथा अन्य कारणहरूबाट पनि तय हुने गरेको प्रष्टै छ । कुन घटना र विषयको न्युज भ्यालु धेरै छ र कुनको कम छ भन्ने विषयमा भने मतैक्य कायम हुने गरेको छैन । बहुलवादी मिडियाको विशेषता नै यही हो । जागरुक पाठक वा मिडियाका उपभोक्ताले विभिन्न माध्यममा आएका उही विषयका समाचारबाटै खास तथ्यमा पुग्ने कोसिस गर्छन् । न्युज भ्यालु समाचारलाई चिन्ने र छनौट गर्ने पत्रकारहरूको प्रारम्भिक काम हो भने तयार गरिएका समाचारलाई आफ्नो रुचि वा सोचअनुसार प्राथमिकताका साथ सार्वजनिकीकारण गर्ने अर्को चरणको काम हो ।

न्युज भ्यालु समाचारलाई चिन्ने र छनौट गर्ने पत्रकारहरूको प्रारम्भिक काम हो भने तयार गरिएका समाचारलाई आफ्नो रुचि वा सोचअनुसार प्राथमिकताका साथ सार्वजनिकीकारण गर्ने अर्को चरणको काम हो ।

बीसौँ शताब्दीको मध्यपछि विकसित मिडियाको सामाजिक उत्तरदायित्वको सिद्धान्तले विद्यमान राजनीतिक प्रणालीको सुसञ्चालनका लागि सूचनाको प्रसार गरिनुपर्ने कुरामा जोड दिन्छ । आमजनतालाई देशमा कानुनबमोजिम गरिएका व्यवस्था वा उनीहरूका अधिकारका बारेमा बताउनु मिडियाको दायित्व हो । सामाजिक सुरक्षा वा विभिन्न समुदायलाई गरिएको छात्रवृत्तिको व्यवस्था व्यवहारमा कतिसम्म रूपान्तरित भएका छन् ? दुर्गम स्थानहरूमा नीतिगत व्यवस्थाको व्यावहारिक अवस्था कस्तो छ ? कानुन बहालीको अवस्था कस्तो छ ? आममानिसले कानुन प्रदत्त अधिकारहरू उपभोग गर्न पाएका छन् कि छैनन् ? यस्ता कैयन विषयवस्तु हुन सक्छन्, जसले मिडियालाई समाजका विविध विषयवस्तुसँग जोड्छन् । विषयवस्तुको दायरा फराकिलो भयो भने मात्र आजको आर्थिक–सामाजिक र राजनीतिक सन्दर्भका नौला विषयमा न्युज भ्यालुको निष्पक्ष रूपमा खोजी हुन थाल्छ । तर त्यस्तो हुन नसकेको अवस्थामा समाचारको दायरा सङ्कुचित हुन पुग्छ ।

भर्खरै गरिएको एक अध्ययनमा नेपाली मिडियामा आउने बालबालिका उल्लेख गरिएका सामग्रीमध्ये दुई प्रतिशत मात्र सारभूत रूपमा बालबालिकामा केन्द्रित रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । आकार र पार्न सक्ने प्रभावको परिमाण पनि समाचार हो भने १४ वर्ष मुनिकालाई मात्र समेट्दा पनि नेपालको जनसङ्ख्याको झण्डै २९ प्रतिशत हिस्सा बन्न पुग्ने बालबालिकाका बारेमा किन यति कम समाचार बनेका होलान् ? १० वर्षअघि गरिएको एक अध्ययनमा नेपाली अखबारहरूका दलितसम्बन्धी सामग्रीको परिमाण एक प्रतिशतभन्दा निकै कम देखिएको थियो । अहिले केही बढेको छ । तर झण्डै २० प्रतिशतको हाराहारीमा रहेको जनसङ्ख्याको अनुपातमा त्यस समुदायसम्बन्धी समाचार निकै कम देखिन्छ । सरकारी, गैरसरकारी वा जनस्तरमा संविधानले प्रत्याभूत गरेको आधारभूत शिक्षाको अधिकारको बहालीका लागि प्रयासहरू भएका छन् । तर भर्खरै गरिएको एक अध्ययनमा अधिकांश पत्रपत्रिकामा शिक्षासम्बन्धी समाचारको परिमाण दश प्रतिशतको हाराहारीमा देखिएको छ ।

कुनै समाचारलाई प्रस्तुत गर्दा दिइने प्राथमिकतालाई पत्रकारिताको भाषामा प्राइमिङ भन्ने गरिन्छ । कुनै अभियानलाई सघाउने क्रममा पत्रकारहरू कुनै विषयलाई खुब प्राइमिङ गर्छन् । खासगरी कुनै खास ‘एजेण्डा सेट’ गर्न चाहेको बखत त्यस्तो प्राइमिङ गरिन्छ । भनिन्छ, जति प्राइमिङ ग¥यो, पाठक, स्रोता वा दर्शकले त्यस विषयलाई त्यत्तिकै महìवका साथ ग्रहण गर्छन् । कुन–कुन विषयमा न्युज भ्यालु छन्, कुन–कुनमा छैनन् र ती डस्टबिनमा मिल्क्याइन लायक छन् अनि कुन–कुन विषयलाई हेडलाइनमा उल्लेख गर्न जरुरी छ भन्ने तय गर्ने कार्य नै गेटकिपिङ हो । आदर्शका दृष्टिले अथवा सैद्धान्तिक रूपमा भन्ने हो भने गेटकिपिङ कुनै पनि आमसञ्चार माध्यमको स्तर कायम गर्ने अपरिहार्य प्रक्रिया हो । छाप्न वा प्रसारण गर्न अनुपयुक्त सामग्रीलाई काँटछाँट वा अस्वीकृत गरेरै आमसञ्चार माध्यमले आफ्नो भरोसायोग्य र जिम्मेवार छवि कायम गर्न सक्छन् । तर व्यवहारमा न्युज भ्यालुको पूर्णतः बेवास्ता अनि निहित स्वार्थका लागि खास–खास विषयमा प्राइमिङ गर्ने मनसायका साथ गरिने गेटकिपिङका कारण माध्यम विश्वसनीय बन्न सक्दैन ।

विभिन्न अध्ययनबाट देखिएको छ, समाचारका विषयवस्तु चयन गर्दा वस्तुनिष्ठता र न्यूज भ्यालूलाई ध्यान दिने मिडियाहरू नै लोकप्रिय हुन्छन् । त्यति मात्र होइन, समाचारको प्राथमिकता उचित ढङ्गले निर्धारण गर्न सक्ने मिडिया नै उपभोक्ताको नजरमा सम्मानित हुन्छन् । विषयवस्तुको विविधताले मिडियालाई समाजको नयाँ–नयाँ तहमा पु¥याउँछ । फलतः उपभोक्ताको पङ्क्ति फराकिलो बन्दै जान्छ । अनि उपभोक्ताको कोणबाट हेर्दा त्यस्ता विविधतायुक्त मिडिया जीवनका लागि उपयोगी हुन्छन् । त्यस्ता मिडियाबाट उपभोक्ताहरूले विविध विषयका जानकारी, ज्ञान र जीवनउपयोगी सूचना प्राप्त गर्छन् । आदर्श मिडियाले समाजको निगरानी गरिरहेको हुन्छ भने जागरुक समाजले पनि मिडियाको तर्कको मिहिन विश्लेषण गरिरहेको हुन्छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार