कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

सञ्चारकर्मी दिपक समिरको ‘अलिअलि’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ । केही दिन पहिले सञ्चारकर्मी समिरको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत् सार्वजनिक भएको हो ।

डीपी खनालको शब्द रहेको अलिअलिमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् । आरबी रेकर्डिङमा रेकर्ड भएको अलिअलि ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा श्रीदेव भट्टराई, स्मृती श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

अलिअलिको कोरियोग्राफी समिर थोकरले गरेका हुन् भने यसलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । दिपक समिरले दर्शक तथा स्रोताबाट गीका बारेमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘सुन्नुहुनेहरुले तपाईंको गित राम्रो छ भन्नुभएको छ ।’

भिडियोमा हेर्नुहोसः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया