असोज ८, २०८३ बिहिबार September 24, 2026

परीक्षाको समयमा टिकटक बनाउने विद्यार्थीलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कार्वाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः परीक्षाको समयमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्ध भएको छ ।

गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका मावि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षा समयमा भए गरेका कार्यहरुलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेकाे भन्दै राष्ट्रिय परीक्षा बोर्डले उनको चालु खण्डको सबै बिषयको परीक्षा रद्द गरेको हो ।

त्यस्तै बाेर्डले विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया