श्रावण १३, २०८३ बुधबार July 29, 2026

घमेश दुलालको ‘वनमा खयर’ गीतमार्फत पुनरागमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् ।

चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीतबाट पुनरागमन गरेका हुन् ।

सो गीतमा उनलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छिन् । रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका हुन्। गीतमा सङ्गीतकार तथा गायक प्रभावन जे को सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन एरेन्जर कमल सौरागले गरेका हुन् ।

आगामी दिनमा नेपाली लोकदोहोरीलाई निरन्तरता दिने दुलालले बताए । गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले गीतको भिडियो निर्देशन गरेका हुन् ।

छायाङ्कन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका हुन् । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार