श्रावण १४, २०८३ बिहिबार July 30, 2026

जंगलमा लागेको आगो बस्तीमा पस्दा ३ जनाको मृत्यु, हजारौं विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अष्ट्रेलियाको झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । आगलागीमा जली घाइते कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।

आगलागीका कारण हजारौं नागरिक विस्थापित भएका छन् । जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका हुन् । केही हराइरहेका छन् । समाचारहरूमा जनाइएअनुसार करिब १५० घर आगोमा जलेका छन् ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । स्थानीय सयौं व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयंसेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार