असार २२, २०८२ आइतबार July 6, 2025

जंगलमा लागेको आगो बस्तीमा पस्दा ३ जनाको मृत्यु, हजारौं विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अष्ट्रेलियाको झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । आगलागीमा जली घाइते कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।

आगलागीका कारण हजारौं नागरिक विस्थापित भएका छन् । जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका हुन् । केही हराइरहेका छन् । समाचारहरूमा जनाइएअनुसार करिब १५० घर आगोमा जलेका छन् ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । स्थानीय सयौं व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयंसेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार