असोज १४, २०८३ बुधबार September 30, 2026

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक नरही गाविस वडा नं. ९ बेलाही टोल बस्ने जगदीश दास रहेका छन् ।

दासलाई शुक्रबार बिहान करैयामाई गाउँपालिका वडा नंं. ८ बाट पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो  ।
बि.स.२०६३ साल मङ्सिर २१ गते साँझ ७ बजे काठमाडौँबाट आएको बा२ख ६४१ नम्बरको बसलाई करैया पुलमा दास सहितका चार जनाले कटुवा बन्दुक देखाई रोकेका थिए । उनीहरूले बसका धनी खोटाङको साबिक दिक्तेल गाविस–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.१५ बस्ने ताराकुमार खत्रीलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र घडी लुटपाट गरेका थिए ।
खत्रीलाई दासको घरमा बन्धक बनाइ उनीहरूले फिरौती समेत मागेका थिए । फिरौती रकम नदिए भारतमा लगेर बेच्ने धम्की दिएको भन्दै दाससहित ४ जनाविरुद्ध खत्रीले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली नेसन्स लिगमा क्रोएसियामाथि स्पेनको फराकिलो जित
२०८३ असोज १५, बिहिबार
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार