भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

झोलामा महिलाको हात भेटिएपछि प्रख्यात रूसी प्राध्यापक गिरफ्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ।

मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन्।

प्रहरीले उनको घरमा छापा मारेर उनको एक २४ वर्षीय पूर्वविद्यार्थीको क्षतविक्षत शरीर भेटेको थियो।

प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए। उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक प्राप्त गरेका थिए।

हत्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ।

प्रहरी विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र हत्याको आशङ्कामा पक्राउ गरिएको बताइएको थियो।

प्रहरी अधिकृतहरूले समाचार संस्था एएफपीलाई ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन्।

सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन्।

फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलीटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाबाट हटाइएको छ।

हामीले आतङ्कित भावमा ओलेग सोकोलभ दोषी भएको अपराधको बारेमा थाहा पाएका छौँ, सो संस्थाले एक विज्ञप्तिमा भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार