श्रावण १३, २०८३ बुधबार July 29, 2026

निर्माण अगावै ‘कबड्डी ४’ को रिलिज मिति घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिल्म निर्माण नहुँदै प्रदर्शन मिति घोषणा गर्ने नेपाली निर्माताहरुको पुरानै रोग हो । दशैं, तिहार जस्ता पर्वहरुलाई लक्षित गरेर एक वर्ष अगाडि नै फिल्मको प्रदर्शन मिति घोषणा गरिन्छ । तर, जब घोषित मितिमा विदेशी फिल्म आउँछन्, तब नेपाली फिल्मको भागभाग हुन्छ । निर्माण अगावै प्रदर्शन मिति घोषणा गर्दा पोस्ट प्रोडक्सनमा फिल्म विग्रिएका उदाहरणहरु पनि धेरै छन् ।

यसबीच, रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो पार्टले निर्माण अगावै प्रदर्शन मिति घोषणा गरेको छ । गएको हप्ता सामाजिक सञ्जालको माध्यमबाट ‘कबड्डी ४’ को निर्माण घोषणा गरेका निर्देशक गुरुङले शुक्रवार अर्को वर्ष (२०७८) को असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । घटस्थापनाको ६ दिन अगाडि फिल्म प्रदर्शनमा आउनेछ ।
‘कबड्डी’ का तीन सिरिजको केही महत्त्वपूर्ण सिनहरु जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी ४’ को प्रदर्शन मिति घोषणा गरेको हो । ‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको फिल्मलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । फिल्मका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुले गरेको दौडधुपको कथा अब टुंग्याइने निर्देशक गुरुङले बताए ।
‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ । बैशाखबाट फिल्म फ्लोरमा निस्कनेछ । – फिल्मीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार