असोज १४, २०८३ बुधबार September 30, 2026

धारीलाे हतियार प्रहार गरि युवकको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बारामा एक युवकको हत्या भएको छ। जिल्लाको निजगढ नगरपालिका–९ बुद्धचोकमा मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो। युवकमाथी धारीलो हतयार प्रहार भएको बताइएको छ।

उनी पेन्टरको काम गर्दथे। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनास्थलमा रहेका डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए। दुई तले घरको तल्लो तलामा खाजा पसल छ। माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली नेसन्स लिगमा क्रोएसियामाथि स्पेनको फराकिलो जित
२०८३ असोज १५, बिहिबार
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार