वैशाख २४, २०८१ सोमबार May 6, 2024

दाह्रीको हेरचाह र सुरक्षा यसरी गर्नुहोस ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंःआहिले दाह्री लोकप्रिय फेसनमा छ । सेलिब्रेटीदेखि आमपुरुषसम्म यो जल्दोबल्दो फेसन ट्रेन्ड बनेको छ । टिभी, फिल्म या खेलकुदका साथै आम मानिसमा पनि दाह्री अनेक शैलीमा राखेको देख्न पाइन्छ । यसलाई कसरी केयर गर्ने ? भन्नेबारे हेयर एक्सपर्ट निल डेबिड कटवालको सुझावः

दैनिक धुने 

दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ ।

दैनिक ब्रश गर्ने

बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै रक्तसञ्चारमा पनि मद्धत पुग्छ र सुख्खा हुनबाट समेत बचाउँछ ।

तेल मालिस

दाह्रीको लागि बजार या सलुनमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । दाह्रीमा दैनिक या दिन बिराएर तेल मालिस गर्दा चम्किलो, मुलायम र आकर्षक देखिन्छ ।

बाम लगाउने 

धैरैलाई थाहा नहुन सक्छ, बेयर्ड बाम दाह्रीको लागि धेरै थोक हो । साथै मोस र जेल पनि दाह्रीको स्टायलिङका लागि उपयुक्त प्रसाधन हुन् ।

दाह्री ट्रिम गर्ने

समयसमयमा दाह्री ट्रिम गर्न जरुरी छ । यसले दाह्री मेन्टेन गर्नुका साथै ग्रोथमा पनि सघाउँछ । ट्रिम गर्नाले दाह्री सफा र हाइजेनिक देखिन्छ । आफूलाई स्वस्थ र सफाचटको महसुस हुन्छ । नारीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार