कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

अभिनेत्री मनिषा कोईरालाको ‘महामृत्युञ्जय’ भजन भोली सार्वजनिक गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बलिउड अभिनेत्री मनीषा कोइरालाले पहिलोपटक भजन गाएकी छन् ।

महाशिवरात्रिको अवसर पारेर अभिनेत्री कोईरालाले पहिलोपटक ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्न लागेकी हुन् । बुधबार (आज) सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।

भजनको म्युजिक भिडियो भोली बिहिबार एक कार्यक्रमका बीच सार्वजनिक गर्ने बताएकी छिन् । करिब चार मिनेट तीस सेकेण्ड लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको स्वर रहेको भजनमा सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन् । सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा भजन नेपाल तथा भारतमा एकसाथ सार्वजनिक गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया