असार २८, २०८२ शनिबार July 12, 2025

नेकपाका नेता समाजवादी पार्टीबाट उम्मेदवार !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन् । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्तरुपमा उम्मेदवारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर निधन भएका विनोद चौधरीकी पत्नी रबिता चौधरीले राजपाबाट उम्मेदवारी दर्ता गराएकी छन् ।

तर, नेकपाकै अर्का नेताले उपेन्द्र–बाबुराम नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

समाजवादी पार्टीले रामजानकी यादवलाई उम्मेदवार बनाएको छ । रामजानकी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १५७८ मत ल्याएका थिए । चौधरी केही दिन अघिमात्रै सत्तारुढ नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपाले भने गत स्थानीय चुनावमा निकटतम प्रतिद्वन्दी रहेका तत्कालीन एमालेका विक्रम चौधरीलाई नै उम्मेदवार बनाएको छ ।

पिपरा गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा राजपाका बिनोद चौधरी २ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन नेकपा एमालेका उम्मेद्वार विक्रमले १ हजार ८ सय ७३ मत ल्याएका थिए ।

कांग्रेसबाट विजय यादवको उम्मेदवारी परेको छ भने राप्रपा संयुक्तबाट सुनील ठाकुरले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव र नेपाल जनता पार्टीबाट रमाकान्त यादवले उम्मेदबारी दिएको निर्वाचन अधिकृत बिष्णु सुवेदीले जानकारी दिएका छन ।

पिपरा गाउँपालिकाको चुनाव यसकारण पनि रोचक हुने देखिएको छ कि यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदबारी दिएको छ । यो पार्टीबाट अञ्जली देवी मण्डलले उम्मेदवारी दिएकी छन् ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार अहिलेसम्म १७ वटा उम्मेदवारी परेको छ । तोकिएको समयभित्र अन्य उम्मेदवारहरु आएर फर्म भरिरहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने सुवेदीले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार