असार २५, २०८२ बुधबार July 9, 2025

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ।

इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डर विरुद्ध मङ्गलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। इस्लामिक जिहादले बुधबार मारिएका दुई व्यक्तिमध्ये एक जना आफ्ना सदस्य रहेको दावी गरेको छ।

इस्लामिक जिहाद समूहले प्यालेस्टिनी गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरेको भन्दै बुधबारदेखि जिहाद विरुद्ध कारबाही थालिएको इजरायली सेनाले जानकारी दिएको छ। जिहाद समूहले प्रयोग गरिरहेको रकेट प्रक्षेपण स्थललाई ध्वस्त पारिएको इजरायली सेनाले दावी गरेको छ।

इजरायली हवाई आक्रमणअघि गाजासँग सीमा जोडिएका इजरायली शहरहरु आश्केलोन र नेटिभोटमा हवाई साइरन बजाइएको थियो। इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इस्लामिक जिहादका कमान्डर बाहा अबु अल–आटा मङ्गलबार मारिएसँगै गाजाबाट इजरायलतर्फ २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए, तर ती आक्रमणबाट इजरायलतर्फ कुनै क्षति पुगेको छैन।

गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्रमध्ये झण्डै ९० प्रतिशतलाई आकाशमै नष्ट पारिएको इजरायली सेनाले बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार