श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्रधानमन्त्रीको सल्लाहकार नियुक्ति गर्न मन्त्रिपरिषद बैठक बस्दै, ६ जनाको मात्र राजीनामा स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित सचिवालयको आधा टिम यथावत रहने भएको छ । राजीनामा दिएकामध्ये ६ जनाको मात्र स्वीकृत भएपछि अन्यको जिम्मेवारी यथावत रहने भएको हो ।

सचिवालयकै जिम्मेवारीमा रहनेमा मुख्य सल्लाहकार रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सञ्चारविज्ञ रामशरण बजगाई छन् ।

निर्वाचन क्षेत्र हेर्ने स्वकीय सचिव होम थापा, दिपेन्द्र दाहाल पनि साविक जिम्मेवारीमा रहने भएका छन् । त्यस्तै अवैतनिक सूचना प्रविधि सम्बन्धी विज्ञ असगर अली, महेन्द्र श्रेष्ठको पनि जिम्मेवारी यथावत रहेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि राजीनामा दिएकामध्ये जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल, विकास विज्ञ घनश्याम भट्टराई, कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा भने स्वीकृत भएको छ ।

यसैबीच प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापालाई ल्याउने तयारी भएको नेकपा स्रोतले जनाएको छ । नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रहेका थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए ।

प्रधानमन्त्रीले सल्लाहकार नियुक्ति सम्भवतः आजकै मन्त्रिपरिषद बैठकबाट गर्ने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा भने नेकपा नेता तथा पूर्वसांसद दीपक कार्कीलाई ल्याइने सम्भावना छ ।

झापाबाट दुईपटक चुनाव जितेका कार्की पछिल्लो समय कुनै जिम्मेवारीमा छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार