काठमाडौँः अन्लाईन खोजी प्रतिभा प्रा.लि को प्रस्तुतिमा बनिरहेको टेलिचलचित्र ‘हन कसो अरे’ ओमकार टेलिभिजन र गाउले इन्टरटेन्ट्मेन्ट युबट्युब च्यानलबाट नयाँ बर्ष को पहिलो दिन देखि प्रत्येक बुधबार राती नौ बजे प्रसारण हुने भएको छ ।
यस टेलिचलचित्रको निर्देशन सुरेन्द्र बराल र निर्माता हिरो राई , फुर्बा लिम्बू र सिम्रन राई हुन् भने कथा हिरो राईकै रहेको छ । ‘हन कसो अरे’मा सुसन राई ( भाले डन ) सुरेन्द्र बराल , हिरो राई , आश्मा तिवारी , सिम्रन राई , विश्व मुखिया , अजय खड्का, कुमार न्यौपाने , राज कुमार स्यान्तान , सुनिल नापित , दिपेन तामाङ , सन्जु थापा , सुनन्दा राई , पुर्निमा मगर , टीका घिमिरे , सन्तोष कार्की , रेनुका शेर्पा , राजु थापा , मिनाछी भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
ब्यबस्थापनमा राज कुमार स्यान्तान र दिपेन तमाङको रहेको छ भने प्रबत्ता तथा कानुनी सल्लाहकारमा महेश पुरी देखिएको छ । ‘हन कसो अरे’को प्रोमो आइसकेको हुनाले यसको बाँकी श्रृंखलाहरु हेर्न बैशाख एक नै कुर्नु पर्ने छ । सञ्चारकर्मीबाट
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया