वैशाख २०, २०८१ बिहिबार May 2, 2024

सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले अनिवार्यरूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।

विसं २०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र नेपाल पनि यसबाट प्रभावित हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले कयौँ नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो सङ्ख्यामा नागरिक प्रताडित हुनुपरेको बताएका छन् ।

कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले भनाइ छ ।

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेका बाबजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले आमनेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन् । उनले यो वर्ष विश्वले कोभिड–१९ माथि पूर्णरूपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार