चैत्र १६, २०८० शुक्रबार March 29, 2024

कमला अधिकारी र शितल भेट बस्यालको म्यूजिक भिडियो ‘माइली’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ भर्खरै मात्र सार्वजनिक भएको छ ।

गाउँले परिवेश, त्यसमाथि पनि घरपरिवारले नस्वीकार्ने हो कि भन्ने डरै डरकाबीच हुर्किएको माया । यस्तै घटनाक्रमसँगै गुज्रिएको उनीहरुको प्रेमयात्रामा कयौं वाधा अड्चनहरु आउँछन्, समाज तगारो बनेर उभिन्छ । अविचलित भई गरेको संघर्षले मायामा सार्थकता पाउँछ ।

यो गीत युट्युव च्यानल वाइड नेपालबाट सार्वजनिक भएको हो । गीतमा कमला अधिकारी र शितल भेट बस्यालको स्वर रहेको छ भने शब्द संकलन प्रकाश सिग्देलले गरेका हुन् । रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको यस म्युजिक भिडियोमा अन्य कलाकारहरुको पनि जोडदार अभिनय रहेको छ ।

साथै अनु कार्कीको कथा तथा परिकल्पनालाई रासिवले निर्देशन गरेका छन् । शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायनसँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनको पहिलो गीति एल्बम मुनाले पनि दर्शक श्रोताहरुको राम्रो माया पाएको छ ।

गायक शितल भेट बस्याल एक सफल संगीतकर्मी हुन् र लामो समयदेखि व्यावसाियक पत्रकारितामा छन् ।राजधानी

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया