भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

इजरायल नष्ट हुनु यहुदीको अन्त्य हुनु होइनः आयोतल्लाह अली खामेनई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इरानका सर्वोच्च नेता आयोतल्लाह अली खामेनईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताएका छन्।

सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने बताउँदै खानमेईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताएका छन।

सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि इरानले इजरायलको मान्यता दिन अस्वीकार गरेको थियो। इरानले प्यालेस्टाइनका चरमपन्थी समूहको समर्थन गर्दै आएको छ।

मुसलमानको जमीन अवैध रुपमा कब्जा गरेर राखेकाले आफूहरुले इजरायललाई देशको रुपमा मान्यता नदिएको इरानले बताउँदै आएको छ।

लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको इजरायलले बताउँदै आएको छ। इजरायलका अनुसार मध्यपूर्वमा इरानले उसलाई सबैभन्दा ठूलो दुश्मन ठान्दछ।

तेहरानमा एक इस्लामिक कार्यक्रममा खामेनईले भने,‘एक देशको रुपमा इजरायललाई नष्ट गर्नुको मतलब यहुदीको अन्त्य हुनु होइन। यसको मतलब यो हो कि, चाहे उ मुसलमान या इसाई या यहुदी किन नहुन्, उसले आफ्नो सरकार चुन्न जरुरी छ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार