बैसाख ६, २०८२ शनिबार April 19, 2025

इजरायल नष्ट हुनु यहुदीको अन्त्य हुनु होइनः आयोतल्लाह अली खामेनई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इरानका सर्वोच्च नेता आयोतल्लाह अली खामेनईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताएका छन्।

सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने बताउँदै खानमेईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताएका छन।

सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि इरानले इजरायलको मान्यता दिन अस्वीकार गरेको थियो। इरानले प्यालेस्टाइनका चरमपन्थी समूहको समर्थन गर्दै आएको छ।

मुसलमानको जमीन अवैध रुपमा कब्जा गरेर राखेकाले आफूहरुले इजरायललाई देशको रुपमा मान्यता नदिएको इरानले बताउँदै आएको छ।

लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको इजरायलले बताउँदै आएको छ। इजरायलका अनुसार मध्यपूर्वमा इरानले उसलाई सबैभन्दा ठूलो दुश्मन ठान्दछ।

तेहरानमा एक इस्लामिक कार्यक्रममा खामेनईले भने,‘एक देशको रुपमा इजरायललाई नष्ट गर्नुको मतलब यहुदीको अन्त्य हुनु होइन। यसको मतलब यो हो कि, चाहे उ मुसलमान या इसाई या यहुदी किन नहुन्, उसले आफ्नो सरकार चुन्न जरुरी छ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार