असोज १७, २०८० बुधबार October 4, 2023

श्रीलंकाको राष्ट्रपतिमा गोटाभाया राजापाक्षे निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा गोटाभाया राजापाक्षे निर्वाचित भएका छन् । गोटाभाया श्रीलंकाका पूर्व राष्ट्रपति एवं विपक्षी नेता महिन्दा राजापाक्षेत्रका भाइ हुन् ।

निर्वाचन आयोगकाअनुसार उनले ५२.२५ प्रतिशत मतका साथ चुनाव जितेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाले भने ४१.९९ प्रतिशत मत पाए ।

प्रेमदासाले हार स्वीकार गरेका छन् ।

यो चुनावमा वर्तमान राष्ट्रपति मैत्रिपाला सिरिसेनाले उम्मेदवार नहुने निर्णय गरेका थिए । उनको श्रीलंका फ्रिडम पार्टीले राजापाक्षेलाई समर्थन गरेको थियो ।

तर चुनाव परीणामसँगै श्रीलंकामा धार्मिक र जातीय तनाव बढ्ने चिन्ता पनि देखिएको छ । राजापाक्षेले राष्ट्रिय सुरक्षाको नाममा धार्मिक र जातीय रुपमा अल्पसंख्यकविरुद्ध मोर्चाबन्दी सुरु गर्ने केही मानिसको आशंका छ ।

तमिल विद्रोहीसँगको लडाइँमा उनको भूमिका, मुसलमानविरोधी विचारका लागि परिचित कट्टर बौद्ध समूह बोदू बाला सीनसँग उनको मित्रताका कारण यस्तो आशंका गरिएको हो । उनले आफ्नो चुनावी घोषणापत्रमा भने भ्रष्टाचार अन्त्य गर्ने, अर्थ व्यवस्थालाई बलियो बनाउने लगायतका बाचा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार