मंसिर २५, २०८० सोमबार December 11, 2023

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्नेगरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन। पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताएका छन।

‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ अध्यक्ष दाहालले भने,‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ।’ अध्यक्ष दाहालले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजय हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि बताएका छन। उनले यो उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन।

अध्यक्ष दाहालले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धीको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको पनि बताएका छन। उनले युवा रोजगारीका विभिन्न कार्यक्रम संचालन गर्न पनि राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिएका छन। पार्टीकै नेतृत्वको सरकार रहेका बेला युवा रोजगारीको अवसर संचालन हुने गरी विभिन्न कार्यक्रम संचालन गरे त्यसमा सरकारले पनि साथ दिने अध्यक्ष दाहालको राष्ट्रिय युवा संघ,नेपाललाई आश्वासन छ। अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता प्रधानमन्त्री, राष्ट्रपति नभई सिंगो देश र जनताको हितको लागि भएको पनि दोहोर्‍याएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार