काठमाडौंः अमेरिकाको ओहायो राज्य निवासी गीतकार गोपाल लोहारको शब्दमा रहेको नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक भएको छ।
यस गीतमा स्वर भुटानी भाषी नेपाली गायक किरण गजमेरको रहेको छ। वसन्त सापकोटाले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा बिशम आचार्यले संगीत संयोजन रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।
श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया