बैसाख १३, २०८२ शनिबार April 26, 2025

कालापानी भारतको हो, भारतमै रहन्छः उत्तराखण्डका मुख्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौै । भारतस्थित उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले विवादित कालापानी क्षेत्र भारतको भएको दाबी गरेका छन्।

कालापानीलाई लिएर भारत र नेपालबीच विवाद उत्पन्न भइरहेको समयमा उनको अभिव्यक्ति आएको हो।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालापानी नेपालको हो त्यसको एक इन्च पनि जमिन भारतले नपाउने’ बताएपछि रावतले ओलीलाई जवाफ दिएका हुन्।

त्रिवेन्द्रले भने,‘नेपालले कालापानी आफ्नो भनेर दाबी गरिरहेको छ। यो चिन्ताजनक विषय हो। कालापानी भारतको हो र भारतमै रहन्छ।’

ओलीले हालै कालापानीबाट भारतीय सेना फिर्ता पठाउन भारतलाई आग्रह गरेका थिए। ओलीले नेपालस्थित कालापानीको भूमि भारतले अतिक्रमण गरेको आरोप लगाएका थिए।

भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी भारतमा देखिएपछि नेपालीहरुले भारतविरुद्ध विरोध गरिरहेका छन्।

भारतीय संचारमाध्यम अमर उजालाका अनुसार उत्तराखण्का मुख्यमन्त्रीले कुटनीति र वार्ताबाट सीमा विवाद टुंग्याउनु पर्ने बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार