मंसिर २५, २०८० सोमबार December 11, 2023

उपनिर्वाचनले सरकारलाई सशक्त सन्देश दिन्छ : महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले १४ मंसीरमा हुने उपनिर्वाचनले सरकारलाई सशक्त सन्देश दिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा महतले सरकारलाई शसक्त सन्देश दिने बताएका हुन् ।

‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन्, महतले भने,‘सरकारमा बस्ने पार्टीका नेताहरूले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिस्ट पार्टीका नेताहरूले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’

महतले उपनिर्वाचनमा सत्तारूढ नेकपाले धाँधली नगरे परीणाम कांग्रेसको पक्षमा आउँने बताएका छन । उनले भने, ‘वडा सदस्यदेखि केन्द्रीय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह छ । समर्थन छ । हामी सबै एकतावद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भएपनि आफ्नो पक्षमा परीणाम ल्याउने कोशिसमा छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार