जेठ २३, २०८३ शनिबार June 6, 2026

चर्चित गायक प्रशान्त तामाङलाई मातृ शोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रुपा तामाङको कोरोना भाइरसका कारण निधन भएको जानकारी प्राप्त छ । दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण निधन भएकाले प्रशान्तले अन्तिम पटक आमाको मुख समेत हेर्न पाएनन् । आमाको निधनले उनी विक्षिप्त भएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’ प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनी आमासँँग निकै नजिक थिए । उनले आफ्नो हातमा ‘आमा’ शब्दको ट्याटु समेत खोपाएका छन् ।

गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए । ‘इन्डियन आइडल ३’ को विजेता भएपछि कयौं नेपाली गीतमा आवाज भरेका उनी ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ फिल्मका नायक समेत हुन् । अहिले उनको पाइपलाइनमा फिल्म ‘गोर्खा वारियर’ छ ।

गायक प्रशान्त तामाङ भारतीय प्रहरीबाट बर्खास्त (२०७१ असार १९ गते को समाचार): गायक एवं अभिनेता पूर्व इन्डियन आइडल प्रशान्त तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ । कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ इन्डियन आइडल भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको हो ।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खवर छापेको छ । तामाङ सन् २००९ देखि २०१४ सम्म १ हजार ८ सय ७० दिन गयल भएको समाचारमा उल्लेख छ ।पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको हो । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भर्ति पाएका थिए ।

इन्डियन आइडल भएपछि तामाङ भारत, नेपाल तथा नेपालीभाषी समुदायका स्टेज कार्यक्रममा सहभागी हुन थालेका थिए भने उनले नेपालमा बिभिन्न फिल्ममा अभिनय पनि गरेका छन् । उनले अभिनय गरेको गोर्खापल्टन फिल्मले राम्रो सफलता पाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार