कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गायक थानेश्वर गौत्तमको ‘देशको लागि’ म्यूजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागि ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ ।

नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गीत रहेको छ । तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ ।

देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देश प्रेम समेटिएको छ ।

दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गीतमा छ । ‘देशको लागि‘ गीतको भिडियोमा किशोर भण्डारी, कृष्ण भक्त महर्जन, रेश्मा तिम्सिना, लिला केसी, सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया