कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गायक प्रतिक पौडेलको ‘एउटा गीत’ म्यूजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय रहेको छ ।

भिडियोमा आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

करिब  ५ दर्जन म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक खातीले भिडियोबाट धेरै आशा गरेको बताए ।

उनले फिल्म लभ स्टेशनका सबै गीतमा कोरियोग्राफी गरिसकेका छन् भने आर्यन सिग्देलको चचहुई, साम्रात्री राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्रफी गरिसकेका छन् ।

 फिल्ममा कोरियोग्राफीका अलावा म्यूजिक भिडियोमा पनि निर्देशन र कोरियोग्राफीलाई एकसाथ अगाडी बढाइरहेका निर्देशक खाती पछिल्लो समयका ब्यस्त म्यूजिक भिडियो निर्देशक पनि हुन् ।

शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो । -न्यूज अभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया