श्रावण ३, २०८२ शनिबार July 19, 2025

महिला र बालबालिका माथि हुने हिंसा अन्त्य पहिलो प्राथमिकतामा : मन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार सम्हालेलगत्तै उनले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्विकृत गरेका छन। महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव नवनियुक्त मन्त्री गुरुङले स्विकृत गरेका हुन्।

त्यस अवसरमा बोल्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन। नवनियुक्त मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना पनि अघि सारेका छन।

नवनियुक्त मन्त्री गुरुङलाई मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलगायतका पदाधिकारीले मन्त्रालयमा स्वागत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार