श्रावण ३०, २०८३ शनिबार August 15, 2026

राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै, एमाले उम्मेद्वारको अझै टुंगो लागेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले (शुक्रबार) बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ ।

उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् । एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ ।

वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि रिक्त भएको ती पदमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेदवार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

उम्मेदवार बन्न एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेदवारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार