बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

दुर्घटनामा आमा–छोरासहित तीनजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । बारामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा आमा–छोरासहित तीनजनाको ज्यान गएको छ । बाराको अम्लेखगञ्जस्थित ४ नम्बर पुलनजिकै ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने तीर्थकुमारी राई र उनका एक वर्षीय छोरा आहन चौधरीको मृत्यु भएको हो ।

जितपुर सिमरा उप महानगरपालिका २२ अम्लेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४६ प २५०४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना ५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट मृतक राईका श्रीमान् रोशन चौधरी घाइते भएका छन् । उनको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी कार्य भइरहेका इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यस्तै बिहीबार नै भएको अर्को सडक दुर्घटनामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरगञ्जबाट गौरतर्फ जाँदै गरेको बा४ख ५३२० नम्बरको बसले ना ११ प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा निजगढका आईतसिंह लोप्चनको मृत्यु भएको हो ।

जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयामा बसले लोप्चन सवार मोटरसाइकललाई ठककर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लोप्चनलाई उपचारको लागि वीरगञ्ज ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार