श्रावण १२, २०८१ शनिबार July 27, 2024

महराको मुद्दा उच्चका मुख्य न्यायाधीश सुवेदीको इजलासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जबर्जस्ती करणी उद्योगको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कृष्णबहादुर महराले साधारण तारेखमा बस्न पाउँ भनि उच्च अदालतमा दिएको निवेदमाथि शुक्रबार बहस हुँदैछ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा महराको निदेनमाथिको बहस हुने भएको अदालतले जनाएको छ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत, काठमाडौंले दिएको आदेश बदर गर्न माग गर्दै निवर्तमान सभामुख महराले उच्च अदालत, पाटनमा बिहीबार निवेदन दर्ता गराएका हुन्।

उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार निवेदन दर्ता भएको बताएका छन।

‘सुरू आदेश बदर गरि साधारण तारेखको माग राख्दै निवेदन दर्ता भएको हो’, रजिष्ट्रार दाहालले भने, ‘अदालतले कैफियत प्रतिवेदन मगाएर अध्ययनपछि मुद्दा अघि बढछ। अन्तिम आदेश हुन दुईमहिनासम्म समय लाग्न सक्छ।’

शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो।

महरालाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अहिले उनी डिल्लीबजारमा कारागारमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार