भाद्र ११, २०८३ बिहिबार August 27, 2026

बस दुर्घटनामा परी १२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका भारतीय संचार माध्यमहरुले जनाएका छन्।

दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका थिए।

शनिबार बिहान ३ः३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ।

उक्त दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो। चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार