जेठ २३, २०८३ शनिबार June 6, 2026

कोरोना कहरः वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ । कार्कीकाे ८३ वर्षकाे उमेरमा आइतबार बिहान निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

कोराेना संक्रमण पुष्टि भएपछि कार्कीलाइ एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएकाे थियाे । शनिबार सम्म उनकाे अवस्था राम्रै रहेकाे तर आइतबार १० बजेतिर उनकाे निधन भएकाे बताइएकाे छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि सामाजिक  सञ्जालमार्फत् कार्कीको निधन भएको बताएका छन् ।

कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा लगायत चलचित्रमा निर्देशन  गरेका थिए । साथै उनले  ‘तिजको लहर आयो बरिलै…’, ‘कलिलो तामालाई सोधे रामालाई..’ जस्ता लोकप्रिय गीत समेत रचना गरेका थिए । उनी लेखक तथा साहित्यकार पनि थिए ।

हाल  कार्कीका श्रीमती र दुईजना छोरा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार