कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

कोरोना कहरः वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ । कार्कीकाे ८३ वर्षकाे उमेरमा आइतबार बिहान निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

कोराेना संक्रमण पुष्टि भएपछि कार्कीलाइ एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएकाे थियाे । शनिबार सम्म उनकाे अवस्था राम्रै रहेकाे तर आइतबार १० बजेतिर उनकाे निधन भएकाे बताइएकाे छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि सामाजिक  सञ्जालमार्फत् कार्कीको निधन भएको बताएका छन् ।

कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा लगायत चलचित्रमा निर्देशन  गरेका थिए । साथै उनले  ‘तिजको लहर आयो बरिलै…’, ‘कलिलो तामालाई सोधे रामालाई..’ जस्ता लोकप्रिय गीत समेत रचना गरेका थिए । उनी लेखक तथा साहित्यकार पनि थिए ।

हाल  कार्कीका श्रीमती र दुईजना छोरा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया