काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल लगिएको छ । अस्पताल पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु भएको हो ।
निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार नियमित डायलासिसका लागि अस्पताल लगिएको हो । डायलासिस सकिएपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने उनको भनाइ छ । ओलीको चौथो पटक डायलासिस सुरु भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया