असार २३, २०८२ सोमबार July 7, 2025

हङकङका १८ मध्ये १७ जिल्लामा डेमोक्रेटिक पक्ष विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले ठूलो मात्रामा जित हासिल गरेको छ।

सोमबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार प्रो डेमोक्रेशी पक्ष १८ मध्ये १७ जिल्लामा विजयी भएको छ। ती जिल्लाहरूमा यसअघिका चुनावमा सरकार समर्थक पार्टी विजयी भएका थिए।

सोमबार बिहान साढे १० बजेसम्मको मत परिणामअनुसार १८ जिल्ला परिषदका ४५२ सिटमध्ये डेमोक्रेटिक पक्ष ३९६ सिटमा विजयी भएको छ भने सरकार समर्थक पार्टीका ५९ उम्मेदवार विजयी भएका छन्।

प्रो डेमोक्रेशी पक्ष हङकङको विपक्षी राजनीतिक धार हो, जसले ६ महिनादेखि चलेको हङकङको आन्दोलनमा समर्थन र सहभागिता जनाउँदै आएको थियो।
चुनावी परिणामले सरकार रक्षात्मक देखिएको छ भने सरकार विरोधी आन्दोलनकारीले आफ्ना मागहरू जनताले अनुमोदन गरेको रुपमा लिएका छन्।

हङकङको आन्दोलनमा युवाहरूको सहभागिता अत्याधिक थियो, जुन सहभागिता निर्वाचनमा पनि देखिएको छ। पहिलो पटक मतदान गर्ने युवाहरूले सरकारको विपक्षमा लोकतान्त्रिक पक्षलाई मतदान गरेको पाइएको छ।

लोकतान्त्रिक पक्षका अधिकांश नयाँ युवा उम्मेदवार जसमध्ये धेरै ६ महिनादेखि चलेको सरकार विरोधी आन्दोलनमा संलग्न भएका थिए, उनीहरू विजयी भएका छन्।
सरकार समर्थक पार्टीहरूले ५९ सिटमा मात्र जित हासिल गर्दा सरकार रक्षात्मक बनेको छ।

यो चुनावी नतिजाले हङकङको प्रमुख कार्यकारी निर्वाचित गर्ने चुनाव समितिमा प्रो डेमोक्रेशी धारको बाहुल्यता बढ्ने छ, जसले आगामी प्रमुख कार्यकारीको चुनावमा प्रभाव पार्ने ठानिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार