वैशाख १९, २०८१ बुधबार May 1, 2024

१८ तलाको यो भवन, जहाँ यौनकर्मीहरु मात्र बस्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वको यो एउटा यस्तो भवन हो, जहाँ यौनकर्मीहरु मात्र बस्छन् । यो भवन बाहिरबाट जस्तो देखिन्छ, भित्रको दुनियाँ पूरै उल्टो छ । देख्दा त यो भवन अन्य आम भवनहरु जस्तै नै देखिन्छ । यो भवन विश्वको सबैभन्दा बदनाम छ ।

हङ्कङको फूजी इलाकामा रहेको यो भवन त्यसमा बस्ने यौनकर्मी महिलाहरुका कारण विश्वभर नै बदनाम छ । मिडिया रिपोर्टका अनुसार यस भवनमा केवल वेश्यावृत्तिमा संलग्न महिलाहरु मात्र बस्दछन् । बस्नेमात्र होइन, यो भवनमा ती महिलाहरुले दैनिक लाखौँको कमाई गरिरहेका हुन्छन् ।

यो भवन २२ तले छ । तीमध्ये ४ वटा तलामा मात्र पसलहरु रहेका छन् । अरु १८ वटा तलामा यौनकर्मी महिलाहरुले आफ्नो अखडा जमाइरहेका छन् । हरेक यौनकर्मी महिलाको आफ्नै वेश्यालय छ, त्यहाँ ।

समाचार अनुसार, यो भवनमा विभिन्न देशका गरी डेढ सयभन्दा धेरै यौनकर्मी महिलाहरु बस्दछन् । यहाँका वेश्यालयमा मानिसहरुको यति भीड लाग्दछ कि भवनका लिफ्टमा मानिसको लाइन हुन्छ । तन्नेरीदेखि वृद्धावस्थासम्मका ग्राहकहरु त्यहाँ पुग्दछन् ।

भवनभित्र रंगी बिरंगी प्रकाशहरुबाट करिडोर सजिएको हुन्छ । हरेक तलामा रहेका हरेक फ्लाटको गेटमा विभिन्न भाषाका संकेतहरु दिइएको छ । हरेक फ्लाटमा यौनकर्मी महिलाको अखडा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया