असार ४, २०८३ बिहिबार June 18, 2026

१८ तलाको यो भवन, जहाँ यौनकर्मीहरु मात्र बस्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वको यो एउटा यस्तो भवन हो, जहाँ यौनकर्मीहरु मात्र बस्छन् । यो भवन बाहिरबाट जस्तो देखिन्छ, भित्रको दुनियाँ पूरै उल्टो छ । देख्दा त यो भवन अन्य आम भवनहरु जस्तै नै देखिन्छ । यो भवन विश्वको सबैभन्दा बदनाम छ ।

हङ्कङको फूजी इलाकामा रहेको यो भवन त्यसमा बस्ने यौनकर्मी महिलाहरुका कारण विश्वभर नै बदनाम छ । मिडिया रिपोर्टका अनुसार यस भवनमा केवल वेश्यावृत्तिमा संलग्न महिलाहरु मात्र बस्दछन् । बस्नेमात्र होइन, यो भवनमा ती महिलाहरुले दैनिक लाखौँको कमाई गरिरहेका हुन्छन् ।

यो भवन २२ तले छ । तीमध्ये ४ वटा तलामा मात्र पसलहरु रहेका छन् । अरु १८ वटा तलामा यौनकर्मी महिलाहरुले आफ्नो अखडा जमाइरहेका छन् । हरेक यौनकर्मी महिलाको आफ्नै वेश्यालय छ, त्यहाँ ।

समाचार अनुसार, यो भवनमा विभिन्न देशका गरी डेढ सयभन्दा धेरै यौनकर्मी महिलाहरु बस्दछन् । यहाँका वेश्यालयमा मानिसहरुको यति भीड लाग्दछ कि भवनका लिफ्टमा मानिसको लाइन हुन्छ । तन्नेरीदेखि वृद्धावस्थासम्मका ग्राहकहरु त्यहाँ पुग्दछन् ।

भवनभित्र रंगी बिरंगी प्रकाशहरुबाट करिडोर सजिएको हुन्छ । हरेक तलामा रहेका हरेक फ्लाटको गेटमा विभिन्न भाषाका संकेतहरु दिइएको छ । हरेक फ्लाटमा यौनकर्मी महिलाको अखडा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
२०८३ असार ४, बिहिबार