भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

पदभार सम्हाल्दै उपेन्द्र यादवले भने: मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, ‘धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पठाएको हुनसक्छ । अर्को विषय मिल्ने मन्त्रालयमा पठाउँ भनेर पनि हुनसक्छ । अलि बढी नै माया गरेर पनि हुनसक्छ ।’ उनले मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको बताएका छन ।

उनले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताएका छन । उनले भने, ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार