बैसाख २६, २०८३ शनिबार May 9, 2026

सस्तो मूल्यमा गाउँगाउँसम्म हाई स्पिड इन्टरनेट पुर्‍याउने चौधरी ग्रुपको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्रसम्म हाई स्पिड इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । टेकपानाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको कार्यक्रममा बोल्दै सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिएका हुन् ।

‘हामीलाई टेलिकम क्षेत्रमा आउन नदिए पनि एफटीटीएच तथा इन्टरनेट सेवाप्रदायकको रुपमा काम गर्ने लाइसेन्स हामीसँग छ । त्यसैले नै निकट भविष्यमा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याकबोन पूर्वाधार पनि तयार भइरहेको छ । त्यसबाट  घरघरमा हामी एफटीटीएच सेवा उपलब्ध गराउने छौं ।’

आफ्नो इन्टरनेट सेवा उदाहरणीय हुने दाबी समेत चौधरीले गरेका छन् । ‘त्यहिँबाट हेर्न सक्नुहुनेछ कि हामी कसरी विश्वस्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हुनेछ । जति जे गफ दिए पनि वास्तविक स्वाद काममै निर्भर हुन्छ ।’

अरु टेलिकम कम्पनीले लाइसेन्स पाएर पनि काम गर्न नसकेको भन्दै उनले निश्चित शर्त तोकेर आफूहरुलाई हामीलाई लाइसेन्स दिए दूरसञ्चार क्षेत्रमा देखिएको मोनोपोली तथा डुओपोलीको अवस्थालाई भत्काउने बताए । ‘हामीलाई लाइसेन्स दिनुहोस्, हामी गरेर देखाउँछौं,’ उनले भने ।

‘अहिले इन्टरनेट सेवाप्रदायकहरुको मूल्य निकै धेरै छ । त्यसैले नै त्यसको पेनिट्रेसन निकै कम देखिन्छ । हामी त्यस किसिमको ग्यापलाई पुरा गर्नका लागि इन्टरनेट सेवाप्रदायक सार्वजनिक गर्दैछौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हामीले दिने इन्टरनेट अहिलेभन्दा आधाजसो सस्तो हुनेछ ।’

नेपालभर गाउँ गाउँमा अनि घरघरमा हामी यो सेवा पुर्‍याउने सुनिश्चितता दिलाउन चाहेको उल्लेख गर्दै चौधरीले चर्को प्रतिस्पर्धाबीच नयाँ प्रविधिको स्वाद नेपाली जनतालाई दिन चाहेको बताए । उनले अगाडि भने, ‘यदि हामी डिजिटल अर्थतन्त्र चाहन्छौं र वास्तवमै आर्थिक विकास खोजिरहेका छौं भने त्यसका लागि डिजिटल पूर्वाधार र सेवाको मूल्यको भूमिका निकै धेरै महत्वपूर्ण हुन्छ ।’ टैकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार