श्रावण ३०, २०८३ शनिबार August 15, 2026

वाग्मती प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गतेका लागि आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौं अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौं अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ ।

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार