जेठ ७, २०८२ बुधबार May 21, 2025

ट्रम्पलाई महाभियोग सुनुवाईमा उपस्थित हुन निम्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाइने विषयमा तल्लो सदनमा छलफल सुरुवात भइसकेको छ।

विपक्षी दल डेमोक्रेटिकको आग्रहमा ट्रम्पमाथि महाभियोग लगाउनेबारे छलफल सुरु भएको हो।

ट्रम्पले डेमोक्रेटिक पार्टीका नेता जोइ बाइडेनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनका राष्ट्रपतिलाई आग्रह गरेको विषय सार्वजनिक भएपछि डेमोक्रेटिक पार्टीका नेताहरुले ट्रम्पले अन्तर्राष्ट्रिय कुटनीति तथा मूल्य मान्यताविरुद्ध कार्य गरेको भन्दै उनीमाथि महाभियोग लगाइनु पर्ने बताएका थिए।

बाइडेन आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्पको सम्भावित प्रतिस्पर्धी हुन्।

प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले छलफल अगाडि बढाएपछि ट्रम्पले महाभियोग प्रक्रियामाथि व्यंग्य गरिरहेका छन्। उनले दोहोर्याउँदै डेमोक्रेटिक पार्टीका नेताहरुको आलोचना गरेका छन्।

यसबीचमा अमेरिकी तल्लो सदनले ट्रम्पलाई महाभियोग प्रक्रियामाथि प्रश्न गर्नुभन्दा महाभियोग सुनुवाईमा उपस्थित हुन निम्तो दिएको हो।

बीबीसीका अनुसार ट्रम्पमाथिको महाभियोग सुनुवाई डिसेम्बर ४ तारिखका लागि तोकिएको छ।

ट्रम्पले सुनुवाईमा सहभागी भए त्यहाँ महाभियोगकका पक्षमा उभिएका नेताहरुसँग प्रश्न गर्न सक्नेछन्।

महाभियोगको पक्षमा विपक्षी डेमोक्रेटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार