भाद्र २, २०८३ मंगलबार August 18, 2026

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।

सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका-२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् ।

यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५/६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

घाइतेहरुको चौराहा अस्पताल बुटवल, भैरहवा मेडिकल कलेज र ललितपुरमा उपचार भइरहेको छ । चौराहा अस्पताल बुटवलमा उपचाररत ६ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका-२ की अमृता पौडेलको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यसैगरी भैरहवा मेडिकल कलेजमा उपचाररत ९ घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था भने सुधारोन्मुख छ । गम्भीर हुनेहरुमा अर्घाखाँचीको पाणिनी नगरपालिका ७ का कृष्ण विक, सोही स्थानका विष्णु विक, सन्धिखर्क नगरपालिका ८ का कमल मुखिया र सन्धिखर्क नगरपालिका ४ की सरस्वती भट्टराई छन् ।

यस्तै दाङको राप्ती गाउँपालिकाका-९ का ३३ वर्षीय प्रशान्त सुवेदीको अवस्था पनि गम्भीर छ । टाउकोमा चोट लागेका उनलाई लुम्बिनी सिटी अस्पतालबाट रिफर गरेर ललितपुरको बीएण्डबी अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा घाइते भएका दुई जना भने अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । चालकले एक्कासी जोडले ब्रेक लगाउँदा बस अनियन्त्रित भइ भीरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार