श्रावण १२, २०८३ मंगलबार July 28, 2026

मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेटेका छन् ।

उनले बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरू समेत हेरिरहेको सचिवालयका एक सदस्य रामशरण बजगाईले बताएका छन् ।

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार