असार १९, २०८२ बिहिबार July 3, 2025

मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेटेका छन् ।

उनले बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरू समेत हेरिरहेको सचिवालयका एक सदस्य रामशरण बजगाईले बताएका छन् ।

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
२०८२ असार १९, बिहिबार
वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती
२०८२ असार १९, बिहिबार