भाद्र २७, २०८३ शनिबार September 12, 2026

जुम्ल्याहा बच्चा कसरी जन्माउने ? (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई–दुई वटा बच्चाको आगमन एकै पटक हुन्छ । त्यो पनि ‘जुम्ल्याहा’का रूपमा ।

तर जुम्ल्याहा बच्चा कसरी जन्मन्छ ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ?

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्याहा बच्चा जन्मने गर्छन् । यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ ।

सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक ।

डा. जागेश्वर गौतमका अनुसार मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्ब्रिओको रूपमा विकसित हुने गर्छ । यस्ता बच्चाहरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ ।

त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल –एउटै अनुहार भएका छोरा–छोरा वा छोरी–छोरी हुने गर्दछ । जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् । त्यस्तै, उनीहरूमध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।

डाइजाइगोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाहरू जन्मने गर्छन् । यस्ता बच्चाको आनुवंशिक संरचना पनि भिन्नाभिन्नै हुने गर्छ ।

हिजोआज जुम्ल्याहा बच्चा धेरै जन्मनुका कारण

आनुवंशिक कारण : परिवारमा कसैको जुम्ल्याहा बच्चा छ भने उक्त परिवारमा फेरि पनि जुम्ल्याहा बच्चा जन्मिने सम्भावना धेरै हुने गर्छ ।
त्यसैगरी, कसैको भाइ वा बहिनी जुम्ल्याहा छन् भने उनीहरूबाट जन्मने सन्तान पनि जुम्ल्याहा हुन सक्दछन् । यस्तो सम्भावना प्रायः आमा वा आमाको परिवारमा निर्भर गर्छ

गर्भ बस्ने चक्कीको सेवन : बाँझोपनाकै कारण अधिकांश महिलाहरूले गर्भ बस्ने औषधीको सेवन गर्दछन् । यस्ता औषधी सेवन गर्दा महिलाको पाठेघरमा एकभन्दा बढी अण्डा निस्कने सम्भावना धेरै हुने गर्छ । जब ती अण्डा लाखौ शुक्रकीटको सम्पर्कमा आउँछ, ती लाखौ शुक्रकीटमध्ये एकदुईवटा शुक्रकीट उक्त अण्डाको सम्पर्कमा आएर विकसित हुने गर्दछ । यसबाट जुम्ल्याहा बच्चा जन्मने सम्भावना बढी हुने गर्दछ ।

पहिले नै दुईटा बच्चा भएमा : घरमा पहिले नै जुल्याहा बच्चा छन् भने पनि त्यस्ता आमाबाबुबाट जन्मने अर्को बच्चा पनि जुल्ल्याहा हुने सम्भावना धेरै हुने गर्छ त्यति मात्र होइन, पहिले पनि आमा बनिसकेका महिलाको अर्को सन्तान जुल्ल्याहा हुनसक्छ ।

टेष्टट्युब बेबी रआईभीएफ प्रविध :आईभीएफ (इनभिट्रो फर्टीलाइजेसन) पद्धति अपनाएर पनि जुल्ल्याहा बच्चा जन्माउन सकिन्छ । आईभीएफ- इनभिट्रो फर्टीलाइजेशन प्रक्रिया अन्तर्गत बच्चा जन्माउँदा अण्डालाई बाहिर फर्टीलाईज गराएर पाठेघरमा हालिन्छ, जसका कारण बच्चा जुम्ल्याहा हुने सम्भावना अधिक हुने गर्दछ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया