बैसाख १३, २०८२ शनिबार April 26, 2025

भारतीय जन्तीको स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् ।

पूजापाठपछि उनी मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् ।

राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्याल समेत जनकपुरधाम पुगेका छन् । दुबै मन्त्रीले राष्ट्रपतिसँगै जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

शुक्रबार नै बाह्रविघा मैदानमा आयोजित भव्य कार्यक्रमकाबीच भारतको आयोध्याबाट आउने जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले बताएका छन । भारतीय जन्तीलाई स्वागत गर्न बाह्रबिघा मैदानमा मञ्चसहितको ठूलो पण्डाल बनाइएको छ । राष्ट्रपति, प्रदेशका मुख्यमन्त्रीसहितकाले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

भारतबाट आधुनिक गाडी, हात्ती, घोडालगायत सवारी प्रयोग गरी भारतीय जन्ती बिहीबार नै जनकपुरधाम आइपुगेका छन् । जन्ती जनकपुरधाममा प्र्रवेश गरेसंगै नेपाली कांग्रेसका उप–सभापति बिमलेन्द्र निधिसहित धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, जानकी मन्दिरका महन्थ राम रोसन दास वैष्ढाव लगायत साधुसन्तले भव्य स्वागत गरेका थिए ।

रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन बिहीबार धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्र विघामा रामसीताको धनुषलीला प्रतिकको रुपमा देखाइएको हो । त्रेतायुगमा भगवान श्रीराम एवम् जगतजननी माता सीताको स्वयम्वर भएको दिनलाई स्मरण गर्दै धनुषयज्ञ मनाइएको हो । रामको प्रतिकको रुपमा रहेका एक योद्धाले धनुष तोडे ।

धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि भगवान राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेर रामसीताको विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत मनाइने पहिलो दिन जानकी नगरदर्शन गर्दै विधिवत रुपमा प्रारम्भ भएको थियो । बुधबार जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लीला र भगवान रामले धनुष तोडे जस्तै देखाएर धनुष यज्ञ सम्पन्न भएको हो ।

विवाहपञ्चमी शुरु हुन लाग्दा अहिले जनकपुरधाम भरिभराऊ बनेको छ । नेपालको विभिन्न जिल्लाबाट श्रद्वालुहरु आउन थालेका छन् । भारतको अयोध्याबाट करिब ५ सयको संख्यामा जन्ती, साधु सन्त जनकपुरधाम आएका छन् । जानकी मन्दिर, बाह्रबिघासहित जनकपुरधामको बिभिन्न ठाउँमा भीड स्वतः देखिन्छ । विवाह पञ्चमी मंसीर १५ गते आइतबार भए पनि भारतबाट जन्ती आएकाले जन्ती हेर्नेहरुको भीड बढेको छ ।

विवाहपञ्चमीका दिन प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिएकाले यस दिन अत्यधिक भीड रहने अनुमान गर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार